इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी भएका छन् ।
गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० गोल अन्तरले हराएको हो । यस्तै आर्सनलले चेल्सीलाई १–० ले पराजित गरेको छ । हिजोको अर्को खेलमा फुलहमले टोटनहमलाई २–० ले हराएको छ ।
प्रिमियर लिगमा ७० अङ्क रहेको लिभरपुल शीर्ष स्थानमा छ । ५८ अङ्कका साथ आर्सनल दोस्रो र ५४ अङ्क रहेको नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ । ४९ अङ्क रहेको चेल्सी चौथो स्थानमा छ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया