ज्ञानेन्द्र शाहीलाई एमालेका सांसदरघुजी पन्तले ‘मिस्टर’ भनेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन राप्रपाको माग

काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नेकपा (एमाले) का सांसद रघुजी पन्तले ‘मिस्टर’ भनेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले गलत इतिहास सुनाएर शाहीलाई अपशब्द बोलेको आरोप लगाए ।
“हिजो एउटा झुटो इतिहास सुनाएर जुम्लाका माननीय सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलेर मानहानि गरी तिमी र तपाईं, मिस्टर भनेर सम्बोधन भयो,” उनले भने ।
उनले शाही गठबन्धनको भन्दा बढी भोट ल्याएर जितेको सांसद भएको पनि बताए ।
“सदनमा मर्यादाहीन पेस हुने गैरजिम्मेवारी हो । त्यो रेकर्डबाट मेटिनुपर्छ । र, ती सांसदलाई सचेत हुन सभामुखबाट अनुरोध गर्छु,” उनले भने ।
आइतबार प्रतिनिधिसभाको बैठकमा पन्तले राजाकालीन विषयमा धारणा राख्ने क्रममा शाहीसँग विवाद भएको थियो ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया