Techie IT
Samayabaddha
सोमबार, ३ चैत्र, २०८१

‘राजावादी’हरु एकाएक किन उत्साहित भए ?


काठमाडौं, ४ चैत । नेपालको इतिहासमा दुई पटक राजसिंहासनमा बस्ने दुर्लभ अवसर पाएका ज्ञानेन्द्र शाहले ले प्रजातन्त्र दिवसका दिन जारी गरेको भिडिओ सन्देशमा ‘देश जोगाउने हो भने आफूलाई साथ दिन’ अनुरोध गरे ।

सन्देशमा ‘देशमा व्यवस्था फेरिए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको’ भन्दै उनले असन्तोष व्यक्त गरेका थिए। आफूले जनताको भलोका लागि पद र सुखसुविधा त्यागेको बताएका पूर्वराजाले त्यसलाई कमजोरी नठान्न चेतावनी दिएका थिए।

‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिका लागि हामीबाट अरू केके त्याग गर्नुपर्ने हो, हामी तयार छौँ,’ शाहको सन्देशमा उल्लेख थियो।

विगत केही सातामा ज्ञानेन्द्र बुटवलदेखि पोखरासम्म विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। ती कार्यक्रममा सर्वसाधारण नागरिकको उल्लेख्य सहभागिता देखिएको थियो। काठमाण्डौमा उनले पाएको स्वागत तथा त्यसबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भएको चर्चाका कारण उनका अझ उत्साहित देखिएका छन्।

कतिपयले आपसी बेमेल भएका र स्वागतमा जम्मा भएको भिड देखेर जस लिन होडबाजी गरिरहेका शक्तिहरूले राजसंस्था पुनर्बहाली गराउने आन्दोलनलाई एउटा टुङ्गोमा पुर्‍याउने सामर्थ्य राख्नेमा आशङ्का गर्ने गरेका छन्।

विसं २०५८ साल जेष्ठ १९ गते नारायणहिटी राजदरबारमा आफ्ना दाजुको वंशनाश भएपछि राजा ज्ञानेन्द्र दोस्रो पटक राजगद्दीमा बसेका थिए। त्यसपछि सक्रिय शासन अभ्यास गर्ने आकाङ्क्षा देखा परेपछि उनको सत्ता सङ्कटमा पर्‍यो। सन् २००५ मा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीसहित दलका नेताहरूलाई नजरबन्द गरेका थिए।

त्यसको जबाफमा संसदीय दल र तात्कालिक माओवादी विद्रोहीहरूले दिल्लीमा १२ बुँदे सम्झौता गरेका थिए।

उक्त सम्झौताकै बलमा सन् २००६ मा भएको १९ दिन चलेको आन्दोलनपछि राजा ज्ञानेन्द्रले राजनीतिक दलहरूलाई सत्ता सुम्पिएका थिए। पुनर्स्थापित प्रतिनिधिसभाले उनका अधिकारहरू कटौती गरेको थियो भने संविधानसभा निर्वाचनअगाडि नै सङ्घीय गणतान्त्रिक शासन व्यवस्था अँगाल्ने प्रतिबद्धता प्रमुख दलहरूले व्यक्त गरेका थिए।

संविधानसभाको सन् २००८ मा नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। त्यसयता नेपालमा १३ वटा सरकार बनिसकेका छन् भने अहिले तेस्रा राष्ट्रपति पदमा छन्।

दलहरु सच्चिय, राजावादीहरुसँग नतर्स


क्याटेगोरी : बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट