Techie IT
Samayabaddha
मंगलबार, ४ चैत्र, २०८१

कांग्रेस पदाधिकारी बैठक आज बस्दै


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको सहमहामन्त्री महेन्द्र यादवले बताए ।

उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ ।

बैठकमा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियताको विषयमा पनि छलफल हुने जनाइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट