Techie IT
Samayabaddha
बुधबार, ५ चैत्र, २०८१

राप्रपाले आन्दोलनका कार्यक्रम अघि बढाउने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा घोषणा भएका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह २५ फागुनमा पोखराबाट काठमाडौं आउने भएपछि तय भएका कार्यक्रमहरू स्थगित गरिएको थियो । उक्त कार्यक्रम पुनः अघि बढाउने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरू तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बस्ने निर्णय भएको पनि उनले बताए ।

‘आन्दोलन परिचालन मूल समितिको बैठकबाट आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्ने निर्णय गरिएको छ,’ श्रेष्ठले भने, ‘राप्रपाले आन्दोलन र संगठनलाई संगसंगै लैजाने र आन्दोलनको घोषणापछि पार्टीका सबै गतिविधिहरू आन्दोलन केन्द्रीत गर्ने निर्णय लिएको छ।’

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट