Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

गोरखा पुगेर ज्ञानेन्द्रले भने : पुर्खाको थलो आउन पाउँदा निकै खुसी लाग्यो


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाको थलो गोरखा आउन पाउँदा आफूलाई निकै खुसी लागेको बताएका छन् । शनिवार गोरखाको गोरखकाली मन्दिर पूजाअर्चना पुगेका बेला सञ्चारकर्मीसँगको प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।

पूर्वराजा शाहले भने, ‘गोरखा आएर मलाई खुसी लाग्यो आफ्नो जन्म थलो त होइन तर पुर्खाको थलो हो। सबैलाई भेट्दा पनि खुसी लागेको छ।’

उनले अहिले देशमा शान्ति चाहिएको बताउँदै कसैले कसैको पनि कुभलो चिताउन नहुने बताए । पूर्वराजा शाहले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्नलाई डराउनु पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने कामना छ ।’

पूर्वराजा शाह मनकामना मन्दिर र गोरखकाली मन्दिरमा पूजाअर्चना गर्न गोरखा पुगेका हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट