Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

नुवाकोटमा कौडा खेलिरहेका १६ जना पक्राउ 


काठमाडौं, १० चैत । नुवाकोटमा जुवा (कौडा) खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–६, खोलेगाउँका ३२ वर्षीय सुरेन्द्र तामाङसहितका व्यक्तिहरू छन् ।

तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार (चैत ९) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद चार लाख १२ हजार ८०० रुपैयाँ, ६ बुक तास र ३२ थान कौडासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट