इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाको हेलिकप्टमार्फत उद्धार

सुनसरी । इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेका ३ जनाको हेलिकप्टमार्फत उद्धारभएको छ । कयौंको डोरीको सहायताले उद्दार गरिएको जनाइएको छ । आगलागीपछि भवनभित्र थुप्रै व्यक्ति फसेका थिए। हालसम्म १६ जनाको उद्धार गरिएको जनाइएको छ । उद्धार कार्यमा नेपाली सेनाको हेलिकप्टरसमेत परिचालित भएको छ।
प्रदेश सरकारको आग्रहमा गृह मन्त्रालयले उद्धारको लागि हेलिकोप्टर पठाएको हो। अहिलेसम्म छतमा ३ जना अड्किएको खुलेको छ। अरू ८ जनाको भने डोरीको सहायताबाट उद्धार भएको प्रहरीले जनाएको छ। छतमा अरू कति जना छन् भन्ने यकिन नभएको उनले बताए।
सुनसरी जिल्लाको इटहरी बजारस्थित सेन्ट्रल प्लाजामा आज बिहान आगलागी भएको थियो । १० तले सेन्टर प्लाजामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
बिहान ९:३० बजे तिर पाँचौं तलामा रहेको बरण्डा होटलबाट आगो सुरु भएको बताइएको छ। यो भवनमा होटल, सिनेमा हल, र ५० भन्दा बढी पसलहरू रहेका छन्।
आगो नियन्त्रणमा लिन इटहरी उपमहानगरपालिकाको दमकल, धरान र आसपासका नगरका वारुण यन्त्रहरू प्रयोग गरिएका छन्। तर, भवनको उचाइका कारण नियन्त्रणमा कठिनाइ भइरहेको जनाइएको छ। आगलागीको कारण हालसम्म स्पष्ट भएको छैन।
क्याटेगोरी : समाचार
प्रतिक्रिया