Techie IT
Samayabaddha
सोमबार, १७ चैत्र, २०८१

सर्लाहीको लालबन्दीस्थित बागवानी जङ्गलमा ट्रक पल्टिँदा चालक घाइते


सर्लाही, १३ चैत । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ९, बागवानी जङ्गलमा ट्रक पल्टिँदा चालक घाइते भएका छन् ।

फलाम बोकेर पूर्वतर्फ हिँडेको ना. ७ ख ८६१ नम्बरको ट्रक मङ्गलबार राति उष्ण प्रदेशीय बागवानी केन्द्रको गेट नजिकै अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा ट्रक चालक पर्साको वीरगन्ज महानगरपालिका–१४, गण्डक निवासी ४५ वर्षीया इन्द्रबहादुर तामाङ घाइते भएका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

हातमा चोट लागेर घाइते तामाङको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । पल्टिएको ट्रक घटनास्थलमा नै छ ।

धमाधम विस्तार भइरहेको राजमार्गमा स्काभेटर लगाएर खनिरहेको र खनेको भागतर्फ धेरै मोड्दा ट्रक अनियन्त्रित भएर पल्टिएको हुन सक्ने आशङ्का गरिएको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट