प्रेस सेन्टरको अध्यक्षमा दीपेन्द्र रावलले उम्मेदवारी दिने
०५८ देखि २०५९ विभिन्न जनपक्षीय पत्रकारितामा संलग्न उनी २०५९ असारमा पत्रिकाकै कामको क्रममा बम बिस्फोटमा परि घाइते भए । घाइते अवस्थामा उपचारको क्रममा रहँदा पनि नेपाल र भारतमा बसेर उनी पत्रकारितामै सक्रिय थिए

काठमाडौँ, १३ चैत । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको नयाँ नेतृत्वका लागि पत्रकार दीपेन्द्र रावलले उम्मेदवारी दिने भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन चैत १६ र १७ गते काठमाडौँमा हुन लागेको सन्दर्भमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् ।
२०५५ सालदेखि माओवादी पार्टीमा संगठित उनी २०५६ सालबाट पूर्णकालिन भएर जनयुद्धमा सहभागी भएका थिए । सोही वर्षदेखि उनी पत्रकारिताको मोर्चामा सक्रिय भए । जसअनुसार उनी जनादेश, सुर्खेत पोष्ट, जनआह्वानको लागि अछाम, कालिकोट र बाजुराको संवाददाता भएर काम गरेका थिए ।
यस्तै २०५८ देखि २०५९ विभिन्न जनपक्षीय पत्रकारितामा संलग्न उनी २०५९ असारमा पत्रिकाकै कामको क्रममा बम बिस्फोटमा परि घाइते भए । घाइते अवस्थामा उपचारको क्रममा रहँदा पनि नेपाल र भारतमा बसेर उनी पत्रकारितामै सक्रिय थिए ।
०६९ बाट संवाद डबली र अनलाइन डबली डटकमको हालसम्म नेतृत्व रहेका उनी हाल प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष र एशोसिएट प्रदेशको इन्चार्ज रहेका छन् । उनले आफू नेतृत्वमा पुगेको खण्डमा पत्रकारको हकहितकाका साथै पत्रकारको क्षमता अभिवृद्धिमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
२०६१ मा युद्ध भुमिबाटै पुनः जनसन्देश पत्रिकामा आबद्ध उनी २०६४ मा जनदिशा दैनिकमा सुदूरपश्चिमका युद्ध क्षेत्रको रिपोर्टिङमा सक्रिय रहे ।
यस्तै २०६९ बाट संवाद डबली र अनलाइन डबली डटकमको हालसम्म नेतृत्व रहेका उनी हाल प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष र एशोसिएट प्रदेशको इन्चार्ज रहेका छन् । उनले आफू नेतृत्वमा पुगेको खण्डमा पत्रकारको हकहितकाका साथै पत्रकारको क्षमता अभिवृद्धिमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै पार्टी र नेतृत्वले देश र जनताको पक्षमा गरेका कामलाई जनस्तरमा पुऱ्याएर जनमत सिर्जना गर्न लागिपर्ने, सबै जनवर्गीय संगठनबीच गतिविधिलाई लक्षित वर्गमा पुऱ्याउन समन्वयात्मक भुमिका खेल्ने, संचारमाध्यम उपयोग गरेर युवा नेतृत्वको विकास र सिंगो पार्टी चलायमान बनाउन भूमिका खेल्ने, संगठनमा आवद्ध पत्रकारको वृत्तिविकास र भइपरि आउने समस्या समाधानका लागि केन्द्र र प्रदेशमा अक्षय कोष स्थापना एजेण्डा अधि सारेका छन् ।
यस्तै काठमाडौँमा आफ्नै केन्द्रीय कार्यालय र सबै प्रदेशका सम्पर्क कार्यालय स्थापना गर्ने, नेपाली पत्रकारितालाई समाजवादउन्मुख धारमा लैजान पहल र नेतृत्व गर्ने लगायतका एजेण्डा उनले अघि सारेका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया