समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौंं, १३ चैत । समाजवादी मोर्चा नेपालको बैठकको आह्वान गरिएको छ । आज अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको हो ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएको विषयमा छलफल हुने जनाइएको छ ।
चैत १५ गते मोर्चाले तय गरेको आन्दोलनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया