गणेश थापाविरुद्ध अख्तियारमा पत्राचार गर्ने एन्फाको निर्णय

काठमाडौं, १३ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापाविरुद्ध कारबाही गर्न माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
एन्फाको बैठकले थापाले फिफाको निर्देशन उल्लङ्घन गरेको भन्दै विभिन्न निकायमा कारबाहीका लागि पत्राचार गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ । २०७२ मा फिफाले थापालाई भ्रष्टाचार र घुस काण्डमा संलग्न भएको भन्दै १० वर्षका लागि प्रतिबन्ध लगाएको थियो । तर, एन्फाले उनले अझै प्रभाव कायम राख्ने प्रयास गरिरहेको भन्दै कारबाही माग गरेको हो ।
एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काविरुद्ध पनि छानबिन गर्न पत्राचार गर्ने निर्णय गरेको छ । साथै, पुरुष राष्ट्रिय टोलीका प्रशिक्षकमा म्याट रसलाई नियुक्त गर्ने र साधारणसभा वैशाख २६ गते गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया