Techie IT
Samayabaddha
सोमबार, १७ चैत्र, २०८१

कुलमान घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौँ : प्रचण्ड


काठमाडौं, १३ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जाने बताएका छन्।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले कार्यकारी निर्देशक घिसिङ हटाउने विषयमा जालझेल, षड्यन्त्र भएको टिप्पणी गरे। ‘प्रधानमन्त्रीले आएर जबाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेर भनिएकै छ। प्रधानमन्त्रीले यसलाई सहज किसिमले लिनुपर्ने हुन्छ। उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ,’ उनले भने, ‘स्पष्टीकरण चित्तबुझ्दो भए हाउस चल्छ, स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अगाडि बढ्छ।’

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय गरेको थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट