उच्च अंकले बढ्यो सेयर बजार

काठमाडौं, १३ चैत । नेप्से परिसूचक बुधबार उच्च अंकले नै बढेको छ।
आज नेप्से ३९.१३ अंकले बढेर २६२१.८६ विन्दुमा बन्द भयो । यस दिन कारोबार रकममा भने गिरावट आएको छ। मंगलबार पाँच अर्ब १८ करोडको सेयर कारोबार भएकोमा बुधबार चार अर्ब २० करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा ९८ करोड रूपैयाँ कमी आएको हो। आज ३१७ वटा धितोपत्रको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच भएको हो।
बुधबार २३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको घटेको छ। यसदिन राप्ति हाइड्रोको सेयर मूल्य सर्वाधिक ५।७४ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५२९ रूपैयाँ कायम भएको छ।
यस्तै, बुद्धभूमि हाइड्रोपावरको मूल्य ५।५५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५०८ रूपैयाँ ९० पैसा पुगेको छ। बुधबार उपकार लघुवित्तको मूल्य सर्वाधिक ७।२७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य तीन हजार ४२५ रूपैयाँमा झरेको छ।
यस्तै, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ५.११ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ६७० रूपैयाँ कायम भएको छ। बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ९७९ रूपैयाँमा ४१ करोड ८६ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४।२१ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २८४ रूपैयाँमा ३१ करोड ६३ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.२८ प्रतिशतले घटेको छ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया