पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीलाई पितृशोक

काठमाडौं, १३ चैत । नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीलाई पितृशोक परेको छ ।
उनका पिता ज्ञानबहादुर सुवेदीको ९० वर्षको उमेरमा आज निधन भएको हो ।
नेपाल पत्रकार महासंघले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय पिताप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष रमेश सुवेदीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया