Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

नेप्से परिसूचक ४१.६७ अंकले बढेर हरियाली


काठमाडौं, १४ चैत । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४१.६७ अंकले बढेको छ । बिहीबार नेप्से १.५८ प्रतिशतले बढेर २६६३.५४ को विन्दुमा पुगेको छ ।

यस दिन ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँमा ९७ लाख ७२ हजार १९६ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा रहेका २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने, १६ कम्पनीको सेयर मूल्य घटेको छ ।

सबैभन्दा धेरै गुरास र सिर्जनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कुमारी सबल योजनाको सेयर मूल्य १।८२ प्रतिशतले घटेको छ । कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार क्षेत्रको सेयरमूल्य ५।०५ प्रतिशतले बढेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट