Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

एसईईका विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भएर खबर गर्न काठमाडौं महानगरको आग्रह


काठमाडौं, १५ चैत । काठमाडौं महानगरपालिकाले एसईईका विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भएर खबर गर्न आग्रह गरेको छ ।

काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाभित्र एसईई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध नभए खबर गर्न आग्रह गरेको हो ।

महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने बताएको छ । महानगर प्रहरी बल बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमा खबर गर्न भनिएको छ ।

समाजवादी मोर्चा र राजावादी समूहको आज काठमाडौंमा प्रदर्शन रहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको छ ।


क्याटेगोरी : जनमञ्च, पालिका

प्रतिक्रिया


ताजा अपडेट