Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

सरकारले भ्रष्टाचारी र कालो बजारीयालाई संरक्षण र संविधान कार्यान्वयनको विपक्षमा गतिविधि गरिरहेको छः पम्फा भुसाल


काठमाडौं, १५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले एमाले कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारी र कालाबजारीलाई संरक्षण गरेको बताएकी छन् । भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटी मण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेतृ भुसालले वर्तमान सरकारले भ्रष्टाचारी र कालो बजारीयालाई संरक्षण र संविधान कार्यान्वयनको विपक्षमा गतिविधि गरिरहेको बताएकी हुन् ।

‘अहिले मन्त्रीहरू विभागमा कार्यालय खोल्छन्, माफियाहरू मन्त्रालय चलाउँछन्’, भुसालले भनिन्, ‘सरकार आफ्नो गतिविधि सच्चाउ ।’ उनले सरकारको काम कारबाहीबाट जनता आक्रोशित बनेको र यही रवैयाका कारण यतिवेला मुलुकमा पूर्व दरवारीया र पूर्व पञ्चहरू सल्वलाउन पुगेको बताइन् ।

नेतृ भुसालले लाखौँ नेपाली जनताको बलिदानबाट प्राप्त गणतन्त्र र संविधानविपरित राजतन्त्र फर्कने र जनता रैती बन्न तयार नरहेको दाबी गरिन् । उनले पूर्वराजालाई दल खोलेर राजनीतिमा आउन चुनौती समेत दिइन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट