Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

दलालबाट पीडित नेपाली जनता सामन्तको दास हुन्छन् भन्ने सपना नदेखे हुन्छ : विप्लव


काठमाडौं, १५ चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजावादीलाई दलालबाट पीडित नेपाली सामन्तको दास बन्न तयार नभएको बताएका छन् । शुक्रबार प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा आयोजना गरेको सभामा उनले दलालविरुद्ध लडिरहेका जनता समान्तवादीका दास हुन्छन् भन्ने सपना नदेख्न पनि आग्रह गरे ।

“हामी गणतन्त्रका नागरिक हौँ, काठमाडौंमा खडा छौँ । ४०० वर्षपछि गणतन्त्रमा पुगेका हौँ । गणतन्त्र नेपालका नागरिकप्रति हामी गौरव गर्छौं,” विप्लवले भने, “समान्तवादका जन्जिर तोड्ने नागरिक हौँ हामी । सामन्तवाद परास्त भएपछि दलालहरूको शासनविरुद्ध लडेका छौँ ।”

उनले दुई दुस्मनसँग विगतमा लडेको भन्दै दलाल प्रवृत्ति भने अन्त्य नभएको बताए । त्यही दलालको पन्जाबाट शासन फुत्कन नसक्दा नागरिकमा आक्रोस र निराशा रहेको उनको भनाइ थियो ।

“एउटा समान्तवादी प्रवृत्ति, सामन्तवादी हैकमलाई परास्त गरेर गणतन्त्र ल्याएका हौँ । अहिले विदेशीहरूको उक्साहटमा गणतन्त्रका विरुद्ध षड्यन्त्र भइरहेका छन्,” विप्लवले भने, “गणतन्त्रमा जनताले पाएका उपलब्धि संस्थागत भएका छैनन् । नयाँ पुस्ताका आकांक्षा पूरा गरिएको छैन । शासकीय इमानदारिता नहुँदा किसानका समस्या छन् । मजदुरका समस्या छन् । शिक्षकका समस्या छन् । यसको मतलब फेरि सामन्त राजतन्त्र ल्याउने भन्ने होइन ।”

हाल गाडी चढ्ने दलालविरुद्ध उभिनु भनेको हिजोको राजाका पक्षमा हो भन्ने नसोच्न उनले राजावादीलाई सुझाव दिए । दलालविरुद्ध लड्नु भनेको पछाडि फर्कनु नभएको भन्दै उनले राजतन्त्र फर्कने सपना नदेख्न पनि आग्रह गरे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट