राजावादी समर्थक प्रदर्शनकारीले एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि आगो लगाए

काठमाडौं, १५ चैत । काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा आगो लगाइदिएका छन् । उक्त आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
शुक्रबार समाजवादीको पार्टी कार्यालयमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको हो ।
तीनकुनेको सभा र प्रदर्शन बिथोलिएपछि आक्रोशित बनेको राजावादी समर्थक प्रदर्शनकारीले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया