Techie IT
Samayabaddha
मंगलबार, २५ चैत्र, २०८१

आज दिनभरको मौसम कस्तो रहला ?


काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ ।

देशका अधिकांश भूभागहरूमा तापक्रम वृद्धि हुँदै जाने सम्भावना रहेको छ । वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना रहेकोले स्वास्थ्य, दैनिक जनजीवन प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट