सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि सांघातिक हमला

भक्तपुर, २४ चैत । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि सांघातिक हमला भएको छ ।
अखिल (क्रान्तिकारी) का नेतासमेत रहेका उनी गएराति बाटोमा हिंडिरहेका बेला अज्ञात समूहको आक्रमणमा परेको बताइएको छ । माओवादी केन्द्रका नेता हिमाल शर्माले घटनाबारे जानकारी दिँदै ठगुन्नाको स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनको चिउडो र आँखा नजिक चोट लागेको जनाइएको छ । चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा ठगुन्ना अखिल ९क्रान्तिकारी०बाट उम्मेदवार भई अध्यक्ष निर्वाचित भएका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया