शिक्षकहरू संवादमा आउने बित्तिकै माग सम्बोधन हुन्छ : प्रम ओली

काठमाडौं, २५ चैत । सोमबार काठमाडौँमा भएको ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको जायज माग सम्बोधन हुने बताएका छन् ।
उनले अहिले शिक्षक आन्दोलन चलिरहेको भन्दै किन चलाएको हो ? भनेर प्रश्न समेत गरे ।
‘अहिले शिक्षक आन्दोलन चल्या छ । किन चलाउनुभएको हो शिक्षक साथीहरूले ? मलाई थाहा छैन । म प्रधानमन्त्री छु, भनिराखेको छु । जायज मागहरू लिएर कोही आउँदाखेरी आन्दोलन गरिरहनुपर्दैन हामी त्यसको समाधान दिन्छौ’। ओलीले भने, ‘हामी त्यसलाई सम्बोधन गर्न तयार छौ । दुःख पाउनुपर्दैन, सडकमा गएर सुत्नै पर्दैन भनिराखेका छौँ उहाँहरूले किन दुःख पाउनुभएको हो ? ’
प्रधानमन्त्रीले शिक्षकहरू संवादमा आउने बित्तिकै माग सम्बोधन गर्ने पनि बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया