Techie IT
Samayabaddha
सोमबार, २४ चैत्र, २०८१

सेयर बजार दोहोरो अंकले घट्यो


काठमाडौं, २५ चैत । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ विन्दुमा कायम भएको छ। अघिल्लो दिन आइतबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन।

यसदिन ३२२ स्क्रिप्सको १ करोड १४ हजार ८६६ कित्ता सेयर ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७६६ रुपैयाँमा खरिदबिक्री भए। नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

दोहोरो अंकले घटेको सेयर बजारमा बुटवल पावरको सेयर सर्वाधिक ६.७५ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको ५० करोड ३६ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ४३ करोडको कारोबार गर्दा नेपाल रिइन्स्योरेन्सले ३३ करोड,राधी विद्युतले २८ करोड र हिमालयन पावरले २१ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये २३ स्टक्सको मूल्य बढ्दा २२१ वटाको घट्यो। आज सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक ३.११ प्रतिशतले घट्यो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट