मकवानपुरका अटो चालक सुर्ज थापामगरको उपचारको क्रममा मृत्यु

काठमाडौं, २५ चैत । मकवानपुरमा अटो दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका ०८ ओमनगरका ५४ वर्षीय सुर्ज थापामगर छन्। उनको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा सोमबार मध्याह्न १२ : २० बजे निधन भएको हो ।
आइतबार मकवानपुरको मकवानपुरगढि गाउँपालिका २ गढी दरबारस्थित कान्ति लोकपथ सडकखण्डमा हेटौंडाबाट गढी दरबार जाँदै गरेको ना २ ह १२९० नम्बरको अटोमा सडकमाथिबाट ढुंगा खसेको थियो।
ढुंगा खसेपछि अटो अनियन्त्रित भएर सडक किनाराको नालीमा खस्दा थापा गम्भीर घाइते भएका थिए।
अटोमा उनीसहित चार जना सवार थिए। बाँकीलाई भने चोटपटक नलागेको मकवानपुर प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया