Techie IT
Samayabaddha
सोमबार, २४ चैत्र, २०८१

राजावादीको प्रदर्शनका क्रममा ट्राफिक लाइट तोडफोड गरेको अरोपमा एक जना पक्राउ


काठमाडौं, २५ चैत । राजावादीको प्रदर्शनका क्रममा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । तोडफोडमा संलग्न रहेको आरोपमा कुमार तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जीसीले जानकारी दिए ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रममा जडीबुटी क्षेत्रका सडकमा जोडिएका ट्राफिक लाइटमा तोडफोड गरिएको थियो ।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट