Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

सुनको मूल्य घट्यो


काठमाडौं, २६ चैत । नेपाली बजारमा मंगलबार (चैत २६) सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँ कायम छ । सोमबार ९चैत २५० छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट