Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

जनमतको ४१औँ वार्षिकोत्सवमा २० जना सर्जक सम्मानित


वनेपा, २६ चैत । वरिष्ठ साहित्यकार, जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव अरनिको पार्टी प्यालेस, बनेपामा सम्पन्न भएको छ । पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि संस्कृतिशिरोमणि हरिराम जोशीले गरेका थिए । प्रगतिवादी समालोचक हृदयचन्द्र सिंह प्रधानको तस्बिरमा माल्यार्पण गरेपछि कार्यक्रम सुरु भएको थियोे ।

कार्यक्रममा हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान प्रा.डा. वासुदेव त्रिपाठी (तनहुँ), गणेश/खिलकुमारी दुवाल–जनमत सम्मान किशोर पहाडी (काठमाडौँ) ,जनमत–केदार/सुदर्शना बालसाहित्य सम्मान प्रा.डा.ध्रुव घिमिरे (नुवाकोट), जनमत–सिचि धर्म/संस्कृति सम्मान ब्रह्मकुमारी लक्ष्मी दिदी (बनेपा) ,जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान मधुसूदन पाण्डेय (दाङ) ,जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान डा. प्रकाशराज रेग्मी (पाल्पा) सम्मानित भए ।

त्यसैगरी भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान चेतनाथ धमला (ओखलढुङ्गा) ,दीपा जनमत सम्मान आकाश अधिकारी (तनहुँ) ,जनमत–जनक प्रधान सेवा सम्मान विनोदराज शर्मा (भक्तपुर), केवलपुरे–जनमत सम्मान मोमिला जोशी (धनकुटा) कमला सैँजू–जनमत सम्मान इल्या भट्टराई (काठमाडौँ), जनमत–महेन्द्रलाल कलाकार सम्मान कालु कुमाले (ललितपुर), जनमत–राजभाइ सहयात्री सम्मान देवीचरण भण्डारी (झापा), जनमत–ज्ञानरत्न/ मङ्गलतारा राष्ट्रिय सम्मान फूलमान वल (काभ्रे) ,जनमत–पूर्णमाया लुचि समाजसेवा सम्मान र पूर्णबहादुर गुरुङ (सुनसरी)लाई प्रमुख अतिथि जोशीले २०८० सालको सम्मानद्वारा सम्मानित गरे ।

यसैगरी २०७९ सालको भारती जनमत साहित्यिक पत्रकारिता पुरस्कार काठमाडौँका मेरिना स्मृति र जनमत(ज्ञानरत्नर मङ्गलतारा राष्ट्रिय सम्मान२०७९ वीरगञ्जका दिनेश गुप्तालाई प्रदान गरियो ।

कार्यक्रममा शिक्षातर्फ गोविन्दमान प्रधानाङ्ग ,पत्रकारितातर्फ प्रल्हाद शर्मा हुमागाई, समाजसेवातर्फ त्रिरत्न रञ्जितकारलाई कदरपत्र प्रदान गरिएको थियोे।यी तीनवटा कदरपत्र प्रत्येक वर्ष शिक्षा,पत्रकारिता र समाजसेवामा विशेष योगदान पुर्याउने व्यक्तिलाई जनमतले प्रदान गर्दै आएको छ ।

कार्यक्रममा अध्यक्ष दुवालका शब्द बिम्बमा पौरखीहरू भाग १ र २, सम्झनामा सम्झनाहरू १, जनमत जानकारी मोहन दुवाल र जनमत सङ्क्षेपमा जस्ता कृतिको लोकार्पण गरिएको थियोे।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि जोशीबाट सम्मानपत्र, विशिष्ट अतिथि प्रा.डा.रामप्रसाद ज्ञवालीबाट दोसल्ला र र जनमतका मानार्थ संरक्षक राजभाइ प्रधानबाट नगद प्रदान गरिएको थियोे। प्रमुख अतिथि जोशीले जनमतले भाषा, साहित्य, संस्कृति र साहित्यिक पत्रकारिताका क्षेत्रमा पुर्याएको योगदान ऐतिहासिक रहेको चर्चा गर्दै मोहन दुवालको त्याग र समर्पण सबैका लागि मान्य रहेको बताउँदै संस्कृतिको महत्त्वका बारेमा विशेष चर्चा गरेका थिए । विशिष्ट अतिथि प्रा.डा. रामप्रसाद ज्ञवालीले मोहन दुवाल विचारको सौन्दर्यमा अडिग रहेर भाषा, साहित्य, पत्रकारिता र शिक्षा क्षेत्रमा बहुआयामिक योगदान दिने व्यक्तित्व रहेको चर्चा गर्दै जनमत र मोहन दुवाल नेपाली साहित्यमा अकाट्य रूपमा रहेको बताए ।

विशिष्ट अतिथि प्रा.डा. सुष्मा आचार्यले जनमतको माध्यमद्वारा मोहन दुवालले स्रष्टाहरूका कृति प्रकाशन, सम्मान, पुरस्कार दिँदै हौसला प्रदान गर्ने एक प्रेरक व्यक्तित्व रहेको आफ्नो मनतव्यमा बताइन् ।

विशिष्ट अतिथि डा. दामोदर पुडासैनी (किशोर) ले बनेपाबाट प्रकाशित जनमत साहित्यिक पत्रिका कोशेढुङ्गा भएको बताउँदै एक उत्कृष्ट साहित्यिक पत्रिका भएको चर्चा गरे ।बहुआयामिक र निर्भिक व्यक्तित्व मोहन दुवालका साहित्यिक सिर्जना र प्रखर समालोचनाका पक्षमा समेत पुडासैनीले चर्चा गरेका थिए ।

पाल्पाबाट कार्यक्रममा पाल्नुभएका विशिष्ट अतिथि, सर्जक तथा अभियन्ता पुष्कर अथक रेग्मीले जनमत र मोहन दुवाल प्राय भएको बताउँदै जनमतको माध्यमबाट देशका कुनाकन्दरामा समेत नेपाली साहित्यलाई पुर्याउन सफल रहेको बताए ।

सम्मानित व्यक्तित्वका तर्फबाट मुटु रोग विज्ञ डा. प्रकाशराज रेग्मीले मोहन दुवाल र जनमतसँग आफ्ना पिता लेखक तथा राजनीतिज्ञ कमलराज रेग्मीसँग आवतजावत हुँदाका संस्मरण सुनाएका थिए। रेग्मीले मोहन दुवाल एक अथक साधक भएको बताउँदै आफ्ना पिताको नाममा जनमतबाट पुरस्कार स्थापना गराउन चाहेको बताए ।

सम्मानितका तर्फबाट आकाश अधिकारी र देवीचरण भण्डारीले कविता वाचन गरेका थिए ।


क्याटेगोरी : साहित्य

प्रतिक्रिया


ताजा अपडेट