तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका थप ६ जना आरोपी पक्राउ

काठमाडौं, २६ चैत । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ।
चैत्र १५ गते तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्यविरुद्धको कसूर र अपराधमा संलग्न थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन्।उनीहरु आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको उनले बताए ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया