राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग राख्दै बल्खुमा राप्रपाको प्रदर्शन, बाक्लो संख्यामा प्रहरी परिचालन

काठमाडौं, २६ चैत । राप्रपाले काठमाडौंको बल्खुमा प्रदर्शन सुरु गरेको छ । संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि आमसभा स्थलमा पुगेका छन् । लिङ्देन पुग्दा गणतन्त्रविरोधी नारा लगाइएको थियो । प्रदर्शनका लागि राप्रपाका नेता तथा कार्यकर्ताहरू भेला भइरहेका छन् । राप्रपाले कार्यक्रम भृकुटीमण्डपमा गर्ने भनेको थियो ।
तर, काठमाडौं जिल्ला प्रशासनले राप्रपालाई आमसभाका लागि बल्खु क्षेत्र तोकिदिएको थियो । राप्रपाको सभाअघि नै बल्खु क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
क्याटेगोरी : जनमञ्च, राजनीति
प्रतिक्रिया