दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्थ्यो प्रहरीले नै भगायो : लिङ्देन

काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १५ चैतको आन्दोलनमा प्रहरीलाई गाडीले कुल्चिन खोज्ने दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको आरोप लगाएका छन् ।
बल्खुमा पार्टी बागमती प्रदेशको आयोजनामा जारी भेलामा अध्यक्ष लिङ्देनले भने, ‘दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्थ्यो । तर, उनंलाई प्रहरीले नै ढुक्कले निकालेर पठायो । मञ्चमा भाषण गरेका नेतालाई अश्रुग्याँस बर्सायो ।’
उनले १५ चैतको आन्दोलनलाई राज्यले चरम दमन गरेको आरोप पनि लगाए । उनले आफूहरूले चाहेमा बालुवाटारलाई घेरेर भातपानी बन्द गरिदिने चेतावनी पनि दिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया