नेपाल बारको मतगणना : विजयकुमार मिश्र झन्डै दोब्बर मतान्तरले अगाडि

काठमाडौं, २६ चैत । नेपाल बार एसोसिएसन निर्वाचनअन्तर्गत मतगणना जारी हुँदा अध्यक्ष पदका उमेदवार प्रा. डा. विजयकुमार मिश्र झन्डै दोब्बर मतान्तरले अगाडि छन् ।
मिश्रले एक हजार २९५ मत ल्याएका छन् । अध्यक्षका अर्का उमेदवार रमनकुमार श्रेष्ठले ६८२ मत पाएका छन् । अध्यक्ष अरू उमेदवारहरू राजु कैदीको ६, उज्वल घिमिरेको तीन र आशीष पुडासैनीले ११ मत पाएका छन् ।
यस्तै, उपाध्यक्षतर्फ कोसी प्रदेशमा पदमप्रसाद लिम्बूले एक हजार ३८२ र कर्णबहादुर राईले ५५८ मत ल्याएका छन् ।
मधेस प्रदेश उपाध्यक्षमा अजशंकर झाले एक हजार ३८५ र प्रत्याशी प्रमोद प्रसादले ५३९ मत पाएका छन् । वाग्मती प्रदेश उपाध्यक्षमा तेजबहादुर रावलले एक हजार ३५४ र डकेन्द्रप्रसाद सुवेदीले ५७९ मत ल्याएका छन् ।
गण्डकी प्रदेश उपाध्यक्षमा भूपेन्द्र खनालले एक हजार ३५४ र सुकदेव गौतमले ५५५ मत पाएका छन् । लुम्बिनी प्रदेश उपाध्यक्षका उमेदवार कृष्णप्रसाद पोखरेलले ए हजार ४१२ र तीर्थराज ज्ञवालीले ५२० मत ल्याएका छन् ।
कर्णली प्रदेश उपाध्यक्षमा विवशकुमार बस्नेतले एक हजार ३८१ र धर्मराज न्यौपानेले ५३५ मत पाएका छन् । सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा सिद्धराज ओझाले एक हजार ३८० र पदमराज शर्माले ५२५ मत ल्याएका छन् ।
महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले एक हजार २६८ र विना श्रेष्ठले ६२८ मत पाएकी छन् । महासचिवतर्फ केदारप्रसाद कोइरालाको अग्रता कायमै छ । उनले एक हजार २८६ मत ल्याएका छन् । महासचिवका अर्का प्रत्याशी यज्ञमणि न्यौपानेले ५९५ र हरिशरण कार्कीले ४४ मत पाएका छन् ।
कोषाध्यक्षका उमेदवारहरू जगतबहादुर कार्कीले एक हजार ३३८, दीपक राईले ५२१ र विष्णुप्रसाद सापकोटाले ५१ मत ल्याएका छन् । बारको नयाँ कार्यसमिति चयनका निम्ति शनिबार ९चैत २३० मतदान भएको थियो । काठमाडौं र बाहिर गरी ३६ मतदान केन्द्रमा मतदान भएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया