Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

राजावादी आन्दोलनलाई अघि बढाउन पूर्वपञ्चहरु छलफलमा, विपी कांग्रेसदेखि एमालेकी पूर्वसांसद गंगा चौधरीसम्म सहभागी


काठमाडौं, २७ चैत । राजावादी आन्दोलनलाई अघि बढाउन पूर्वपञ्चहरु छलफलमा जुटेका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनान्दोलन समितिको अगुवाइमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति, विपी कांग्रेस, शिव सेना नेपाललगायत विभिन्न समूहमा रहेका राजावादी संघ संस्था र व्यक्तिहरुले आज संयुक्त बैठक गरेका हुन् ।
धुम्बाराहीस्थित स्मार्ट दरबारको सभा हलमा मध्याह्न १२ बजेबाट शुरु भएको बैठक अहिले जारी छ ।

नवराज सुवेदी नजरबन्दमा परेपछि कार्यवाहक संयोजक तोकिएका जगमान गुरुङले डाकेको पहिलो बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि गएका छन् । त्यस्तै, राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय शक्तिका अध्यक्ष केशरबहादुर विष्ट र विपी कांग्रेसका उपाध्यक्ष कर्ण मल्लको पनि सहभागिता रहेको बताइएको छ ।

राजावादी बैठकमा पूर्व सांसद तथा एमाले नेतृ गङ्गा चौधरी सत्गौवा, अभियन्ता भारत बस्नेतलगायत पनि उपस्थित छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट