झुण्डिएको अवस्था मृत भेटिए वडा अध्यक्ष

बागलुङ, २७ चैत । जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मृत भेटिएका छन् । सो वडाको काँक्राखोर बस्ने ५० वर्षीय कर्णबहादुर भण्डारी मृत अवस्थामा भेटिएका हुन् ।
भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा गएको टोलीले मृतकको उद्धार गर्नुको साथै थप अनुसन्धान सुरु गरेको बताएको छ ।
बुधबार बिहान ११ः३० बजे भण्डारी मृत भेटिएका थिए । गत स्थानीय निर्वाचनमा भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया