Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

नेपालले म्यानमारलाई २७ टन राहत सामग्री सहयोग गर्ने


काठमाडौं । नेपालले भूकम्पबाट प्रभावित म्यानमारलाई २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूसहितको टोलीले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ ।

नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूले सहभागिता जनाउने र म्यानमारमा राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताइन् । म्यानमारले उपलब्ध गराएको सूचीअनुसार खाद्यान्न, औषधि, आवश्यक राहत सामग्री प्रदान गरिने उनले बताइन्।

यसअघि नेपाली सेनाको चिकित्सकको टोली म्यानमारमा गइसकेको छ ।

म्यानमारमा गएको शुक्रवार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी ३ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट