Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन


काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा माइतीघरमा दीप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघले दीप प्रज्वलन गरेको हो ।

राजसंस्था पुनस्थापनाको माग गर्दै तीनकुनेमा राजावादी समर्थकहरुले घरमा आगजनी गर्दा पत्रकार रजकले रिपोर्टिङकै क्रममा ज्यान गुमाउनु परेको थियो ।

श्रद्धाञ्जली सभामा पत्रकारहरूले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनीहरूले श्रद्धाञ्जली सभामा सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए ।

गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्‍यु भएको थियो ।

पत्रकार महासंघले सरकारलाई दिएको ७ दिने अल्टिमेटम सकिएपछी दोस्रो चरणको बिरोध कार्यक्रम अन्तर्गत आज देशैभरी श्रद्धाञ्जली सभा र दिप प्रज्वलन गरिएको हो ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासंघ उपाध्यक्ष उमिद बागचनले पत्रकार सुरेश रजतको हत्या सम्बन्धमा स्वतन्त्र छानबिन समिति नबनेसम्म महासंघले आन्दोलन कार्यक्रम जारी राख्ने पनि बताए ।

पत्रकार महासंघले घटनाको निष्पक्ष छानविन माग गर्दै दोषीमा सिथ कारबाही गर्न माग समेत गरेको छ । राजावादीले गरेको प्रदर्शनमा पत्रकार रजक सहित दुई जनाको मृत्यु भएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट