Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

ट्रम्पद्वारा उच्च आयात शुल्क कार्यान्वयनमाथि ९० दिनको रोक लगाउने घोषणा, विश्व वित्तीय बजारमा उछाल


काठमाडौं । ट्रम्पले उच्च भन्सार दरको कार्यान्वयनमाथि ९० दिनको रोक लगाउने घोषणा समेत गरेका छन् । यसको अर्थ अधिकांश मुलुकलाई ‘सार्वभौमिक १० प्रतिशत’ शुल्क लागू हुनेछ । ट्यारिफमा छुटको खबरपछि उथल–पुथलको सामना गरेको वित्तीय बजारमा उछाल आएको छ ।

विश्लेषकहरुले अमेरिका अधिकांश देशसँग राम्रो व्यवहार गर्न थालेको बताएका छन् । एन्थनी जुर्चरले ‘अन्य मुलुकसँग राम्रो व्यवहार गरे पनि चीनसँग व्यापार युद्ध थप बढ्ने खतरा रहेको’ धारणा राखेका छन् ।

अमेरिकाको छिमेकी क्यानाडा र मेक्सिकोले अझै पनि ट्यारिफको सामना गर्नु पर्ने छ, जुन अमेरिकाले अघिल्लो महिना लागू गरेको थियो ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग कुराकानीका लागि तयार रहेको बताएका छन् । कारण, उनले चीनमाथि १२५ प्रतिशत भन्दा बढीको भन्सार दर (ट्यारिफ) लगाइदिएका छन् । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले चीन तथा अन्य कुनै दोस्रो मुलुकसँग ‘निष्पक्ष सम्झौता’ गरिने बताए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट