हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध

सुर्खेत । बुधवार रातिदेखि कर्णालीमा विद्युत् सेवा अवरुद्ध भएको छ।
विद्युत् प्राधिकरण कार्यालय सुर्खेतका अनुसार हावाहुरीसहितको वर्षाका कारण कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएका छन्।
कहाँ क्षति भएको छ भन्ने विषयमा खोजी कार्य भइरहेको छ । अहिलेसम्म क्षतिग्रस्त स्थान पत्ता नलागेका कारण विद्युत् सुचारु हुन समय लाग्ने प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : प्रदेश खबर, समाचार
प्रतिक्रिया