जसपा नेपालको सप्तरीको अधिवेशनमा कुटाकुट

सप्तरी, २८ चैत । जनता समाजवादी पार्टी, नेपालको सप्तरीको अधिवेशनमा कुटाकुट भएको छ। जिल्ला अधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा समाजवादी विद्यार्थी संघका जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात भएको नेताहरूले बताएका छन्।
सप्तरीकै विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवको निर्देशनमा यादवमाथि हातपात भएको आरोप लगाइएको छ।
‘पार्टीको आन्तरिक विषय हो हात हालाहाल गर्न नहुने हो तर भइहाल्यो। पार्टीको माथिल्लो कमिटीले यसलाई समाधान गर्छ’ जसपा नेपालका एक नेताले भने।
जसपा नेपाल सप्तरीका जिल्ला उपाध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष यादवको समूहले जिल्ला अधिवेशन प्रतिनिधिमा आफ्नो समूहको बाहुल्यता हुनुपर्ने भन्दै अरुलाई रोक्न खोजेको आरोप लगाइएको छ।
अध्यक्ष यादवलगायतमाथि घरेलु हतियार प्रयोग गरी कुटपिट भएको नेताहरूले बताएका छन्। कुटपिटबाट घाइतेहरूको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार जारी छ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया