भारतमा पक्राउ परेका दुर्गा प्रसाईं, नेपाल ल्याइँदै

२८ चैत, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरीले उनलाई पक्राउ गरेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार तीनकुने घटनापछि फरार रहेका प्रसाईंलाई भारतबाट पक्राउ गरिएको हो । उनी केही समय सम्पर्कविहीन बनेका थिए भने प्रहरीको खोजी सूचीमा रहेका थिए ।
तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईं आफैंले प्रहरीमाथि गाडी कुदाएर भागेका थिए । घटनापछि उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफू फरार नरहेको दाबी गर्दै आएका थिए । तर उनी कुन स्थानबाट भिडियो पोस्ट गर्दै थिए भन्नेबारे प्रहरीलाई अन्योल थियो ।
प्रदर्शनको क्रममा आन्दोलनकारीहरुको उग्र व्यवहारका कारण दुई जनाको ज्यान गएको थियो । त्यस्तै, निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीसमेत भएको थियो ।
प्रहरीले प्रसाईंलाई पक्राउ गरी नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । उनलाई पक्राउपछि तीनकुने घटनासहित विभिन्न अभियोगमा कारवाही प्रक्रिया अघि बढाइने छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया