Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

अमेरिकाको न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा ६ जना स्पेनी पर्यटकको मृत्यु


अमेरिकाको न्युयोर्कमा रहेको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जना पर्यटकको मृत्यु भएको छ ।

दुर्घटनामा हेलिकप्टरमा रहेका तीन बालबालिकासहित सबै ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक रहेका र एक जना पाइलट थिए ।

दुर्घटनामा मृत्यु हुनेमा स्पेनी पर्यटकका परिवार सम्पर्कमा आएपछि मात्र मृतक सबैको पहिचान खुलाउने न्युयोर्कको प्रहरी अधिकारीले बताएका छन् ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । दुर्घटनाबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा हेलिकप्टर आकाशबाट उल्टो परेर खस्दै हडसन नदीमा झरेको देखिन्छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट