नेपाल वायुसेवा निगमका अध्यक्षका मोबाइल संवाद सार्वजनिक, अफिस जान र ‘सुरक्षित’ सामान लैजान स्टाफको सुझाव

काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) का कार्यकारी अध्यक्ष युवराज अधिकारीका मोबाइल संवाद र सन्देशहरू सार्वजनिक भएका छन् । ती सन्देशहरूमा निगमकै एक कर्मचारीले अधिकारीलाई अफिस जान र ‘सुरक्षित ढंगले सामान लैजान’ सुझाव दिएको देखिएको छ । अहिले यस घटनाले निगमभित्र चलिरहेको आन्तरिक रहस्य, आर्थिक चलखेल र विवादलाई थप गम्भीर बनाएको छ ।
मोबाइलमा देखिएको संवादमा एक जना कर्मचारीले अधिकारीलाई मेसेज पठाउँदै भनेकी छन् — ‘सर, अफिस जानुस, सुरक्षित रुपमा सामान लैजानुस् ।’
यस कुराले निगमभित्र के कस्ता सामानका बारेमा कुरा गरिएको हो भन्ने विषयमा चासो बढेको छ । के ती कागजात थिए, आर्थिक कारोबारसँग जोडिएका प्रमाण थिए वा अन्य कुनै गोप्य फाइलहरू — अहिले यसको अर्थ खोजिने प्रयास भइरहेको छ ।
वाइडबडी काण्डबाट पनि जोगिएका अधिकारी
नेपाल एयरलाइन्सको चर्चित वाइडबडी विमान खरिद प्रकरणमा पनि अध्यक्ष युवराज अधिकारीको नाम जोडिएको थियो । तर उनी त्यस प्रकरणबाट उम्कन सफल भएका थिए । अधिकारीमाथि लामो समयदेखि आर्थिक चलखेल र विवादास्पद निर्णयमा संलग्न भएको आरोप लाग्दै आएको छ ।
राजनीतिक संरक्षण र हटाउन नसकिने ‘प्रभाव’
स्रोतका अनुसार अधिकारीलाई नेपाल एयरलाइन्सको अध्यक्ष पदमा आर्थिक चलखेल र राजनीतिक भागबण्डाका कारण ल्याइएको हो । यही कारणले जसले सत्ता सम्हाले पनि उनलाई हटाउन नसकिने अवस्था रहेको बताइएको छ । पछिल्ला सरकारहरू परिवर्तन भए पनि अधिकारी आफ्नो पद जोगाउन सफल भएका छन् ।
सार्वजनिक भएका मोबाइल संवादले नेपाल एयरलाइन्सभित्र अझै गम्भीर रहस्य लुकेको आशंका पैदा गराएको छ । यो प्रकरणमा छानबिन र सत्यतथ्य बाहिर ल्याउन सरोकारवालाहरूले माग गरेका छन् ।
यो पनि पढ्नुहोस, वाइडबडी घोटालामा उम्केका अधिकारीको रहस्यमय संलग्नता, अख्तियारको भूमिकामा प्रश्न
क्याटेगोरी : समाचार
प्रतिक्रिया