Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

दुर्गा प्रसाईमाथि चार कसुरमा हुँदैछ अनुसन्धानको तयारी


काठमाडौं, २९ । यही तैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावदी प्रदर्शनका आरोपी दुर्गा प्रसाईलाई चार कसुरमा प्रहरीले अनुसन्धानको तयारी अघि बढाइएको छ।
उनलाई ज्यानमार्ने उद्योग, संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा मुद्दा चलाइने भएको हो ।

प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका प्रसाईं आफैँले पनि सयौँ प्रहरीको भिडलाई किचौँलाझैँ गाडी कुदाएका थिए। त्यहाँ प्रहरीलाई मारौँला झैँ उनले गाडी कुदाएकोले उनीमाथि ज्यानमार्थे उद्योगमा अनुसन्धान अघि बढाइँदैछ।
त्यसैगरी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनालाई लिएर उनीमाथि संगठित अपराधको मुद्दामा पनि अनुसन्धान हुँदैछ। उनी प्रदर्शनकारीको कमान्डर रहेको कारणले यसको निर्देशक उनी भएको आरोप छ। प्रदर्शनकारीले निजी घर र जडीबुटी कारखानामा आगजनीसमेत गरेका थिए।

उनीमाथि आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान अघि बढ्ने बताइएको छ। यसअघि सोही प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणासहितलाई आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी छ।

दुर्गा प्रसाईँलाई कस्तो मुद्दा लाग्छ ?

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट