Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड


काठमाडौं, २९ चैत । नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यले प्रतितोला एक लाख ८५ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।

बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य आज एकैदिन तीनहजार ९०० रुपैयाँ बढेको हो ।

आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट