Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

तीनकुने घटनाका घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्छ : गृहमन्त्री लेखक


काठमाडौं, २९ चैत । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्ने बताएका छन्।

चैत १५ गते तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको उल्लेख गर्दै उनले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने बताए।

‘तीनकुने घटनाको सबै घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको जानकारी गराउँछु। उपचार गराइरहेका घाइतेलाई सिभिल, बिएण्डबी, केएमसी र ट्रमा अस्पताल पुगेरै मैले भेटेको छु,’ शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले भने।

उनले तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको पनि बताए। घटनामा मृत्यु भएका दुई जनाको परिवारलाई १० लाख रुपैयाँका दरले आवश्यक प्रक्रिया पूरा गरी राहत उपलब्ध गराइने पनि उनले बताए।

अब यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर रहेको पनि गृहमन्त्री लेखकले बताए।


क्याटेगोरी : स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट