Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

सर्लाहीको मिर्चैयामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु


सर्लाही, २९ चैत । हरिपुर्वा नगरपालिका ९ मिर्चैया बजारस्थित सडकमा श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना. ५ ख ३८५८ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । उनी ईश्वरपुर नगरपालिका १३ श्रीनगर बस्ने १७ वर्षीया अंजली कुमारी महतो हुन् ।

उनको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी साइकलमा सवार एक जनाको स्थानीय मेडिकल श्रीनगरमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट