Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

चीनले अमेरिकी सामानमा भन्सार शुल्क ८४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्यायो


काठमाडौं । चीनले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारस्परिक शुल्कको बदलामा अमेरिकी सामानहरुमा पनि भन्सार शुल्क बढाएको छ । चीनले अमेरिकाबाट आयात हुने सामानहरुमा भन्सार शुल्क ८४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्याएको चिनियाँ अर्थ मन्त्रालयलाई उद्धृत गर्दै सीएनबीसीले लेखेको छ ।

सीएनबीसीको अनुवादअनुसार चीनको अर्थमन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘यदि अमेरिकाले उच्च शुल्क लगाउन जारी राख्यो भने पनि यसले अब आर्थिक अर्थ राख्दैन र विश्व अर्थतन्त्रको इतिहासमा मजाक बन्नेछ ।’ ‘वर्तमान स्तरको भन्सार दरहरुसँगै चीनमा आयात हुने अमेरिकी सामानहरुको लागि अब बजार छैन’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यदि अमेरिकी सरकारले चीनमा भन्सार शुल्क बढाउन जारी राख्यो भने पनि अब बेइजिङले वास्ता गर्ने छैन ।’

ट्रम्प प्रशासनले बिहीबार चिनियाँ आयातमा अमेरिकी भन्सार दर प्रभावकारीरुपमा १४५ प्रतिशत पुगेको पुष्टि गरेको थियो । ट्रम्पको पछिल्लो कार्यकारी आदेशले बेइजिङलाई पारस्परिक शुल्क १२५ प्रतिशत पुर्याएको थियो । यसबाहेक पनि गत फेब्रुअरी र मार्चदेखि चीनलाई ट्रम्प प्रशासनले फेन्टनल सम्बन्धित करको शीर्षकमा २० प्रतिशत शुल्क लगाउँदै आएको छ । जसले चिनियाँ आयातमा कुल शुल्क १४५ प्रतिशत पुर्याएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट