Techie IT
Samayabaddha
बुधबार, ३ वैशाख, २०८२

नेप्से परिसूचक ८.६२ अंकले घट्यो


काठमाडौं, ३१ चैत । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ८.६२ अंकले घटेको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ ।

यस दिन ६ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भयो । गएको बिहीबार पाँच अर्ब ६३ करोड रुपैयाको सेयर खरिद–बिक्री भएको थियो ।

आइतबार नेप्से परिसूचक २६६२.०८ विन्दुमा बन्द भएको छ । ८८ कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य स्थिर छ ।

गुडविल फाइनान्सको ऋणपत्रको मूल्य १० प्रतिशतले बढेको छ । ‘१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेञ्चर २०८३’ को मूल्य १२१ रुपैयाँ ५० पैसाले बढेर प्रतिडिवेञ्चर एक हजार ३३६ रुपैयाँ ५० पैसा कायम भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफको सेयर मूल्य सर्वाधिक बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको १० र क्रेस्ट माइक्रोलाइफको सेयर मूल्य ९।९८ प्रतिशतले बढेको छ ।

कारोबारमा रहेका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । होटेल तथा पर्यटन, लगानी, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको परिसूचक बढेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट