नयाँ बर्षको दिन टोखाको सपन तिर्थमा दर्शनार्थीको घुईँचो

काठमाडौं । नयाँ बर्षको पहिलो दिन टोखाको सपन तिर्थमा दर्शनार्थीको घुईँचो बढेको छ । बिक्रम संवतको नयाँ वर्षको आगमन संगै सुरु हुने सपनतीर्थ मेला टोखामा आज देखि बिधिवतरुपमा सुरु भएको छ । काठमाडौँ आसपासका क्षेत्रबाट धार्मिक आस्था भएका मानिसहरुको निकै नै ठुलो भीड लागेको छ ।
विष्णुमती नदीको शिर मानिने सपन तिर्थको कुण्डमा आज स्नान गर्दा शारीरिक रोग निको हुनुका साथै मनोकामना पुराहुने जनविश्वास रहँदै आएको छ । काठमाडौँ सामाखुसीबाट करिब पाँच किलोमिटरको दुरिमा रहेको सपना तिर्थमा वर्सनी भक्तजनहरुको भिड लाग्ने गरेको स्थानियवासिको भनाई छ ।
विगतका केही वर्षहरु देखि टोखाको ऐतिहासिक तथा धार्मिक पर्वलाई प्रत्यक्ष सहभागि भई अवलोकन गर्न आउँनेहरुको संख्यामा विस्तारै वृद्धि भैरहेको समितिले जनाएको छ ।
यहाँ आजको दिन स्नान गर्दा बर्षभरीमा देखिएका अशुभ सपनाको दोष नलाग्ने जनविश्वास रहेको छ । साथै आजैवाट टोखा विस्का जात्रा पनि हुन्छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया