सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घट्यो

काठमाडौं, २ वैशाख । नेपाली बजारमा उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ।
यो वर्षको पहिलो कारोबार दिन आज सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार सुन तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। आइतबार चाँदी एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५८ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ६७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया